काठमाडौँ । एक हप्तापछि फागुन ८ गते ओमानबाट फर्केकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज साँझ जेनेभा प्रस्थान गर्ने भएकी छिन् ।
फागुन १२ गते १४ गतेसम्म आयोजना हुने संयुक्त राष्ट्र मानव अधिकार परिषद्को ५८ औँ उच्चस्तरीय बैठकमा भाग लिन उनी आज त्यसतर्फ जाने भएकी हुन् ।
परराष्ट्रमन्त्री राणााले उक्त बैठकलाई फागुन १२ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आफ्नो भ्रमण क्रममा उनले आफ्ना समकक्षीहरूका साथै संयुक्त राष्ट्र संघका एजेन्सी र अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री राणाले २०२७–२०२९ कार्यकालका लागि संयुक्त राष्ट्र मानव अधिकार परिषद्मा नेपालको उम्मेदवारीमा संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूसँग समर्थन पनि माग्ने छिन् ।
उनी फागुन १६ गते स्वदेश फर्किने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० फागुन २०८१, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री आरजु भारत हुँदा मल्दोभाका विदेशमन्त्री नेपालमा
भारतबाट १२ दिनपछि आज फर्किंदै परराष्ट्रमन्त्री आरजु राणा
परराष्ट्रमन्त्री विदेश घुमेको घुम्यै, मन्त्री भएको २४१ दिनमा झण्डै ६० दिन देशबाहिरै
महिलाविरुद्धका अवरोध तोड्न आवश्यक : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री डा राणा ओमन प्रस्थान
चिसापानी–गड्डा चौकी सडक ६ लेनको बन्छ : परराष्ट्रमन्त्री देउवा