एजेन्सी । अर्डा गुलरको निर्णायक गोलमा रियल मड्रिडले स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी कम गरेको छ।
बुधबार राति भएको खेलमा रियलले गेटाफेमाथि १–० को जित दर्ता गरेको हो। जितसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी ४ मा पुर्याएको छ।
खेलको २१ औँ मिनेटमा गुलरको गोलमा रियलले सुरुवाती अग्रता बनाएको थियो। तर त्यसपछि खेलमा थप गोल हुन नसक्दा रियलले जित हात पारेको हो।
जितसँगै रियलले ३३ खेलबाट ७२ अंक बनाएको छ। रियलले २२ खेलमा जित, ६ खेलमा बराबरी र पाँच खेलमा हार भोगेको छ।
समान खेलबाट शीर्ष स्थानको बार्सिलोनाले २४ खेलमा जित, ४ खेलमा बराबरी र ५ खेलमा हार भोग्दै ७६ अंकमा शीर्ष स्थानमा रहेको छ।
१० खेलमा जित, ९ खेलमा बराबरी र १४ खेलमा हार भोगेको गेटाफे ३९ अंकमा १२ औँ स्थानमा छ।
ला लिगा अन्तर्गत गएराति भएको अन्य खेलमा एथलेटिको क्लबले लस पलमासलाई १–० ले तथा सेल्टा भिगोले भिल्लारियलमाथि ३–० को जित हात पारेको छ।
अर्को खेलमा डिपोर्टिभ अलाभेसले रियल सोसिडाडलाई १–० ले नै हराएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ बैशाख २०८२, ०८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्पेनिस ला लिगा: बार्सिलोनाको अग्रता
स्पेनिस ला लिगा: एथलेटिको क्लबलाई पराजित गर्दै एथलेटिको मड्रिड शीर्ष स्थानमा
स्पेनिस ला लिगा : बार्सिलोनाको शानदार जित
स्पेनिस ला लिगामा बार्सिलोनाको जित
स्पेनिस ला लिगा: भ्यालेन्सियामाथि बार्सिलोनाको सानदार जित
स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिँदा रियललाई फाइदा