स्पेनिस ला लिगा: भ्यालेन्सियामाथि बार्सिलोनाको सानदार जित

एजेन्सी

सोमबार, १४ माघ २०८१, ०७ : ५३
स्पेनिस ला लिगा: भ्यालेन्सियामाथि बार्सिलोनाको सानदार जित

एजेन्सी । फरमिन लोपेजको उत्कृष्ट प्रर्दशनमा बार्सिलोनाले स्पेनिस ला लिगामा भ्यालेन्सियामाथि सानदार जित दर्ता गरेको छ। 

आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियामाथि ७–१ को फराकिलो जित दर्ता गरेको हो। 

बार्सिलोनाको जितमा फर्मिन लोपेजले दुई तथा रोबर्टो लेवान्डोस्की, राफिन्हा, फेरान टोरेस र फ्रेन्क डे जोङले समान एक गोल गरे। भ्यालेन्सियाका केसार टारेगाले थप एक गोल उपहार दिए। भ्यालेन्सियाका हुगो डुरोले शान्त्वना गोल फर्काए। 

जितसँगै बार्सिलोना पुनः ला लिगाको उपाधि होडमा अघि बढेको छ। लिगको २१ खेलमा ४२ अंक बनाएको बार्सिलोना अंक तालिकाको तेस्रो स्थानमा छ। समान खेलबाट रियल मड्रिडले ४९ अंक बनाउँदै तालिकाको शीर्ष स्थानमा छ। एथलेटिको मड्रिड भने ४५ अंकमा दोस्रो स्थानमा छ। 

गएराति नै भएको अर्को खेलमा रायो भालेकानोले जिरोनामाथि २–१ को जित दर्ता गर्दा गेटाफेले भने रियल सोसिडाडमाथि ३–० को फराकिलो जित निकाल्यो। अर्को खेलमा भने एथलेटिको क्लब र लेगानेसले भने गोलरहित बराबरी गर्दै अंक बाँडे।

प्रतिक्रिया दिनुहोस