एजेन्सी । जुलियन अल्भारेजको निर्णायक गोलमा एथलेटिको क्लबलाई पराजित गर्दै एथलेटिको मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।
शनिबार राति मड्रिडको घरेलु मैदान एथलेटिको डर्बीमा भएकाे खेलमा १–० को साघुँरो जित निकाल्दै एथलेटिको क्लब शीर्ष स्थानमा पुगेको हो।
जारी सिजन क्लबका लागि दसौँ गोल गरेका अल्भारेजले खेलको ६६ औँ मिनेटमा गरेको गोल नै निर्णायाक बन्यो।
म्यानचेस्टर सिटीका पूर्व फरवार्ड अल्भारेजले मार्कोस लोरेन्टको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर खेलमा थप गोल हुन नसकेपछि उनको गोल नै निर्णायक बन्यो।
जितसँगै २६ खेलबाट ५६ अंक बनाएको एथलेटिको शीर्ष स्थानमा छ। एक खेल कम खेलेको बार्सिलोना ५४ अंकमा तालिकाको दोस्रो स्थानमा छ। रियल मड्रिड ५६ अंकमा तालिकाको तेस्रो स्थानमा छ।
गएराति नै भएको अर्को खेलमा रियल मड्रिड रियल बेटिससँग २–१ ले पराजित भयो। अर्को खेलमा जिरोना र सेल्टा भिगोले २–२ तथा रायो भालेकानो र सेभिल्लाले १–१ को बराबरी गर्दै अंक बाँडे।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १८ फागुन २०८१, ०८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्पेनिस ला लिगा : बार्सिलोनाको शानदार जित
स्पेनिस ला लिगामा बार्सिलोनाको जित
स्पेनिस ला लिगा: भ्यालेन्सियामाथि बार्सिलोनाको सानदार जित
स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिँदा रियललाई फाइदा
एम्बाप्पेले पेनाल्टी मिस गर्दा रियल पराजित
स्पेनिस ला लिगा : बार्सिलोनाको लगातार सातौँ जित