काठमाडौं । स्पेनिस ला लिगाको शनिबार भएको खेलमा बार्सिलोनाले लास पल्मासलाई २-० ले हराएको छ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६२ औँ मिनेटमा डानी अल्मोको गोलमा अग्रता लिएको बार्सिलोनाका लागि इन्जुरी समयको पाँचौँ मिनेटमा फेरान टोरेसले थप अर्को गोल गरेका हुन्। अल्मोको नोभेम्बर यता बार्सिलोनाका लागि पहिलो गोल हो।
शनिबार भएको अर्को खेलमा जुलियन अल्भारेजको दुई गोलमा एट्लेटिको म्याड्रिडले भ्यालेन्सियालाई ३-० ले हराएको छ भने भिल्लारियलले रायो भन्कानोलाई १-० ले हरायो। गएराति नै भएको अर्को खेलमा इस्पानियोलले डेपोर्टिभो अल्भासमाथि १-० को जित निकालेको छ।
स्पेनिस लिगको तालिकामा बार्सिलोना ५४ अंकसहित शीर्ष स्थानमा छ। यसैगरी एट्लेटिको म्याड्रिडको ५३ अङ्क छ। एक खेल कम खलेको रियल म्याड्रिडको ५१ अङ्क छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ फागुन २०८१, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्पेनिस ला लिगामा बार्सिलोनाको जित
स्पेनिस ला लिगा: भ्यालेन्सियामाथि बार्सिलोनाको सानदार जित
स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिँदा रियललाई फाइदा
एम्बाप्पेले पेनाल्टी मिस गर्दा रियल पराजित
स्पेनिस ला लिगा : बार्सिलोनाको लगातार सातौँ जित
आल्भेजमाथि रियल म्याड्रिडको जित