एजेन्सी । स्पेनिस ला लिगाको आइतबार भएको खेलमा बार्सिलोनाले डेपोर्टिभो ला अल्भासलाई १-० ले हराएको छ।
बार्सिलोनाका लागि ६१ औँ मिनेटमा रोबर्ट लेडवास्कीले गोल गरे। पेड्रीको पासमा राफिन्हाले प्रहार गरेको बल लेडवास्कीसम्म आइपुगेको थियो। उनले सोही अवसरलाई गोलमा परिणत गरे।
स्पेनिस ला लिगका आइतबार भएका अन्य खेलमा भ्यालेन्सियाले सेल्टाभिगोलाई २-१ ले तथा ओसासुनाले रियल सोसिडाडलाई २-१ ले हराए। रियल बेटिस र एथलेटिक क्लब बिचको खेलमा २-२ गोलको बराबरी भयो।
ला लिगाको अंक तालिकामा शीर्ष स्थानमा रहेको रियल म्याड्रिडको ४९, दोस्रो स्थानको एट्लटिको म्याड्रिडको ४८ तथा बार्सिलोनाको ४५ अंक छ। चौथो स्थानको एथलेटिक क्लबको ४१ अङ्क छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २१ माघ २०८१, ०९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्पेनिस ला लिगा: भ्यालेन्सियामाथि बार्सिलोनाको सानदार जित
स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिँदा रियललाई फाइदा
एम्बाप्पेले पेनाल्टी मिस गर्दा रियल पराजित
स्पेनिस ला लिगा : बार्सिलोनाको लगातार सातौँ जित
आल्भेजमाथि रियल म्याड्रिडको जित
कोरियाको गोलमा एटलेटिको म्याड्रिड विजयी