करेन्ट लागेर १ जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, १२ चैत्र २०८१, १२ : ४५
करेन्ट लागेर १ जनाको मृत्यु

अछाम। अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ​बान्नीगढी जयगढ गाउँपालिका- ६ दर्ना चन्डालीकी १८ वर्षीया सुनिता कडायतको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

घर नजिकै रहेको बिजुलीको पोलबाट सोमबार साँझ करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस