गोरखा । जिल्लाको आरुघाट गाउँपालिका-६ स्थित कल्लेरीका २७ वर्षीय हरि विकको करेन्ट लागेर मृत्यु भएको छ ।
आज बिहान फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा विकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । करेन्ट लागेर गम्भीर घाइते भएका विकलाई गोरखा अस्पतालका चिकित्सकले मृत घोषित गरेका हुन्”, उनले भने ।
घटनास्थलमा अनुसन्धान गर्दा डिसहोमको फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा बिजुलीको नांगो तारमा छोइएपछि उनलाई करेन्ट लागेको पाइएको उपरीक्षक सुवेदीले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० चैत्र २०८१, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर १ जनाको मृत्यु
सिराहामा करेन्ट लागेर एक युवकको मृत्यु
करेन्ट लागेर काठमाडौंमा एक जनाको मृत्यु
करेन्ट लागेर धनकुटामा एक जनाको मृत्यु
करेन्ट लागेर १ जनाको मृत्यु
सिराहामा करेन्ट लागेर एक महिलाको मृत्यु