काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह यसै हप्ता गोरखा जाँदै छन् । पूजार्चनाका लागि गर्न उनी गोरखा जान लागेका हुन् । शाह यसै हप्ता गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजा गर्न जान लागेको उनका सम्वाद सचिव डा. फणिराज पाठकले जनाएका छन् ।
गोरखनाथको शाहवंशीय राजाहरूको राजपाठ सञ्चालनमा विशेष सम्बन्ध रहेको पाइन्छ । उनकै आशिर्वादले तत्कालीन राजाहरुले युद्ध जितेको बताइन्छ ।
इतिहासहरुमा गोरखनाथको आशीर्वाद र प्रेरणाका कारण द्रव्य शाहले लिगलिगकोटमाथि विजय हासिल गर्न सफल भएको पढ्न पाइन्छ ।
गोरखनाथले दिएको दही पृथ्वीनारायण शाहको खुट्टामा परेको र तिमीले टेकेको भूमि तिम्रो राज्य हुने छ भनी आशीर्वाद दिएका कारण नेपाल एकीकरणमा उनी सफल भएको पनि बताइन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ चैत्र २०८१, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखराबाट उडे पूर्वराजा, विमानस्थलमा पञ्चेबाजा बजाएर बिदाई
पूर्वराजा ज्ञानेन्द्रका परिवार सदस्यसहित भुटान पुगे, विमास्थलमा राजकुमारीले गरिन् स्वागत
पूर्वराजा शाह ललितपुर आउने