छोङछिङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुस्तक ‘दि फस्ट डिकेड अफ रिपब्लिक’ (गणतन्त्रको पहिलो दशक) नामक पुस्तक चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग र चीनको छोङछिङ स्कुल विभागलाई हस्तान्तरण गरिएको छ । बिहीबार सो पुस्तक विभागलाई हस्तान्तरण गरिएको हो ।
चिनियाँ कम्युनिस्ट पार्टीले माओवादी केन्द्रका नेतालाई छोङछिङ सहरमा दिएको एक प्रशिक्षण कार्यक्रम पश्चात् माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले उक्त पुस्तक हस्तान्तरण गरेका हुन् । त्यसअघि दुई पार्टीकाबिच विभिन्न सहकार्य र अनुभव अादान प्रदानका बारे छलफल भएको थियो ।
कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका नेताले उक्त पुस्तक महत्त्वपूर्ण रहेको र ज्ञान साटासाटमा थप योगदान पुग्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ चैत्र २०८१, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हत्याको त कुरै छाडौं, एक जना मान्छेलाई पिटेको पनि छैन : प्रचण्ड
कम्युनिस्ट एकताको झण्डा छाड्दैनौँ : प्रचण्ड
‘प्रचण्ड’ले कोइरालालाई दिए अन्तिम श्रद्धाञ्जली
प्रचण्डले बोलाए पदाधिकारी बैठक
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच फोन सम्वाद
ओली, देउवा र प्रचण्ड एकैठाउँमा