काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् । आफ्नो निजी निवास खुमलटारमा अपराह्न ४ बजे बैठक बस्ने सचिव दीनानाथ शर्माले जानकारी दिए ।
शर्माका अनुसार पछिल्लो विकसित राजनीतिक घटनाक्रम, स्थगित तराई मधेस जागरण अभियान सञ्चालन लगायत विषयमा छलफल हुनेछ । फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहले गणतन्त्र असफल भएको भाष्यसहित राष्ट्र बचाउन आफूलाई साथ दिन आग्रह गरेपछि सडकमा राजावादीहरू सक्रिय देखिएका छन् ।
चैत १८ गते राजधानीको तीनकुनेमा राजावादीहरूले हिंसात्मक गतिविधि गरेपछि माओवादीले ज्ञानेन्द्रलाई कारबाही गर्नुपर्ने बताउँदै आएको छ । फागुन १२ गतेदेखि सुरु भएको पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियान चितवनमा पुगेर स्थगित भएको थियो । बाँकी अभियान बिचबिचमा ब्रेक गरेर सञ्चालन गर्ने गरी खाका बनाउने शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ चैत्र २०८१, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकलाई प्रतिगमनतिर फर्काउने दिवा सपना नदेख्नु : प्रचण्ड
वर्तमान संकट कम्युनिस्ट पार्टीले मात्रै हल गर्न सक्छन् : प्रचण्ड
सरकार बिचौलियाको चंगुलमा छ, भ्रष्टाचारको संरक्षण गरिरहेको छ: प्रचण्ड
कपिलवस्तुमा प्रचण्ड, बाणगंगामा मर्निङ वाक
कांग्रेस-एमालेका नेतासँगको संवादपछि सरकार टिक्दैन भनेको हो : प्रचण्ड
अभियानको क्रममा रुपन्देहीमा प्रचण्ड, भैरहवामा मर्निङ वाक