काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालगञ्जमा वीपी कोइरालाको सालिकमा मोसो दलिएको बारे प्रतिक्रिया दिएका छन् ।
आइतबार सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ पुस्तक लोकार्पण गर्दै नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला वीपीको सालिकमा मोसो दलेर बीपी कालो नहुने प्रतिक्रिया दिएका हुन् ।
‘हिजो मात्रै नेपालगञ्जमा बीपीको सालिकमा मोसो दलेको थाहा पाएँ । हुन त मोसो दलेर बीपी कालो हुने होइन,’ उनले भने । नेता कोइरालाले यस्ता गतिविधिहरूले प्रजातान्त्रिक शक्तिहरू विचलित हुन नहुने बताए ।
‘वीपीलाई नेपाली कांग्रेसले मात्र होइन सबै नेपालीले राजनेताको रूपमा मानेका छन् । त्यो घटनाले हाम्रो मनमा पक्कै केही असर गर्छ, । स्वाभाविक हो’ उनले भने, ‘यसबाट नेपाली कांग्रेस मात्रै होइन, कुनै पनि प्रजातान्त्रिक शक्तिहरू विचलित हुनुहुँदैन ।’
‘कात्रोको खल्ती’ कथा संग्रहले देशको अवस्था चित्रण गरेको उनले बताए । ‘नेताहरू कसरी चलेका छन्, देश कसरी चलेको छ, संस्थाहरू, अस्पतालहरू कसरी चलेका छन् ? हामीले घुसखोरी र भ्रष्टाचारीहरूलाई कसरी बढावा दिइरहेका छौं, दण्डहिनता कसरी बढिरहेको छ, यो सबै कुरा एउटामा देखिन्छ,’ उनले भने ।
के हो घटना ?
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ मा रहेको बीपी कोइरालाको शालिकमा मोसो दलिएको भन्दै सामाजिक सञ्जालमा विरोध भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित राजावादी समूहले मोसो दलेको भन्दै त्यसको विरोध भएको छ । राप्रपाका महामन्त्री तथा सांसद धवल शमशेर राणाको रिहाइ माग गर्दै शनिबार साँझ राँके जुलुस भएको थियो ।
सो क्रममा राजावादी समूहले मोसो दलिएको आरोप छ तर, जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी तुलबहादुर कार्कीले भने मोसो नदलिएको बताए ।
आन्दोनकारी र प्रहरीको घम्साघम्सीमा बोराको टुक्रा शालिकमा परेको थियो । तुरुन्तै प्रहरीले हटाएको हो,’ एसपी कार्कीले भने, ‘कालोमोसो भने दलिएको छैन ।’
यता नेपाली कांग्रेस नेत्री एवं नेपालगञ्जको पूर्व उपमेयर उमा थापामगरले अराजक समूहले बीपीको अनुहारमा कपडा फ्याँकेको बताइन् । उनले भनिन्,‘राप्रपाले राँके जुलुस निकालेको रहेछ । अराजक व्यक्तिहरूले बीपीको शालिकमा कपडा फ्याँकेका रहेछन् । मोसो दलेको होइन । त्यो कपडा हटाइसकियो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ चैत्र २०८१, १५ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षक महासंघसँग भएको सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गर्नुपर्छ : कोइराला
शेखर कोइराला बेलायत जाँदै, संसद् भवनभित्र हुने कार्यक्रमलाई सम्बोधन गर्ने
सरकारलाई सफल बनाउन सबैको साथ जरुरी छ : शेखर कोइराला
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
अस्थिरताका कारण देशमा संकटको खतरा बढेपछि कांग्रेस-एमाले मिल्नुपर्यो : डा. कोइराला
बाढीपहिरो पीडितका पक्षमा प्रभावकारी काम गर्न शेखरकाे माग