अस्थिरताका कारण देशमा संकटको खतरा बढेपछि कांग्रेस-एमाले मिल्नुपर्‍यो : डा. कोइराला

सफल खबर संवाददाता

आइतबार, १३ साउन २०८१, १६ : ४८
अस्थिरताका कारण देशमा संकटको खतरा बढेपछि कांग्रेस-एमाले मिल्नुपर्‍यो : डा. कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अस्थिर सरकारका देशमा संकट आउने खतरा बढेपछि कांग्रेस र एमाले मिल्नुपरेको बताएका छन् ।नेपाली जनसम्पर्क समिति भारतअन्तर्गत पश्चिमोत्तर क्षेत्रीय समिति चण्डीगढको १२औं अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

संविधान संशोधन गरी मुलुकलाई स्थायी सरकार दिनुपर्छ भन्ने एजेन्डा आफूले शुरूदेखि उठाउँदै आएको उनले बताए ।अस्थिर सरकारका कारण देशमा संकट आएकाले कांग्रेस र एमाले मिलेर संविधान संशोधन गरि मुलुकलाई स्थायी सरकार दिनुपर्छ भन्ने एजेन्डा शुरूदेखि आफूले उठाएको बताए ।

हरेक ६/६ महिनामा भइरहने सरकार गठन र विघटनले देशलाई धराशायी बनाएको उनको भनाइ थियो ।'केवल सत्ता टिकाउन सधैं साना-साना २/४ सिट भएका दललाई बोकेर हिँड्दा नेपालले प्रगति गर्न सकेन भन्ने कुरा मनमा आएर मैले नै केही समयदेखि  संसद्‌मा रहेका पहिलो र दोस्रो दल एक ठाउँमा उभिनुपर्छ भन्ने विषयलाई उठाएको हुँ,' उनले भने ।

 

 

 

 

 

 

 

कांग्रेस र एमालेको गठबन्धनको सरकारलाई गल्ती गर्ने छुट नभएका उनले बताए ।नेता कोइरालाले कांग्रेसले अब सुशासनको नारालाई जनताको घर-घरसम्म लैजाने बताए ।​ 'कांग्रेसले कुनै पनि प्रकारको भ्रष्टाचारको खुलेर विरोध गर्नुपर्छ,' कोइरालाले भने ।

नेता कोइरालाले निरंकुशताविरोधी हरेक प्रजातान्त्रिक आन्दोलनमा भारतमा रहेका प्रवासीहरूले नेपाललाई ठूलो गुन लगाएको बताए ।​​भारतमा रहेका नेपालीहरूले पुर्‍याएको योगदानको उनले प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस