काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायतको संसद् (वेस्ट मिनिस्टर)मा सम्बोधन गर्ने भएका छन् । उनले यही १३ जनवरी २०२५ का दिन संसद् भवन भित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधन गर्ने भएका हुन् ।
संसद्को त्यो कार्यक्रममा बेलायतका एसिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्य मन्त्रीका साथै बेलायती सांसदहरूको उपस्थिति रहने छ ।
नेता कोइराला बेलायतको एसिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराईन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यही जनवरी ९ मा त्यसतर्फ जाँदै छन् । कोइराला बेलायतको संसद् भवन भित्र हुने कार्यक्रमलाई सम्बोधन गर्ने पहिलो नेपाली बन्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० पुस २०८१, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई सफल बनाउन सबैको साथ जरुरी छ : शेखर कोइराला
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
अस्थिरताका कारण देशमा संकटको खतरा बढेपछि कांग्रेस-एमाले मिल्नुपर्यो : डा. कोइराला
बाढीपहिरो पीडितका पक्षमा प्रभावकारी काम गर्न शेखरकाे माग
कांग्रेस र एमालेबीचको सहमतिले मुलुकले निकास पाउँछ : डा.कोइराला
राजनीतिमा अपराधिकरण बढ्यो : डा. कोइराला