काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेपछि कुलमान घिसिङले पहिलोपटक शुक्रबार आफ्ना धारणा सार्वजनिक गरेका छन्।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफ्नो कार्यकालमा भएका काम र सरकारले आफूलाई पदबाट हटाउन लगाएका आरोपबारे बताए ।सँगैसँगै घिसिङले राजनीतिमा आउनसक्ने केही संकेत गरेका छन् । तर, उनले प्रष्ट खुलाएर राजनीतिमा आउने वा नआउने भन्ने खुलाएनन् ।
‘जनताले अहिले धेरै रुचाएको पात्रमध्ये तपाईं पनि पर्नुहुन्छ । तपाईंलाई जनताले कहिले राजनीतिमा देख्न पाउँछन् ?,’ घिसिलाई एक सञ्चारकर्मीको प्रश्न थियो ।जवाफमा उनले भनेका छन्, ‘एउटा जिम्मेवार नागरिकको हैसियतबाट कुनै पनि जिम्मेवारी लिन म तयार छु ।’
उनलाई राजनीतिमा आउँदा कस्ता मोडालिटी प्रयोग गर्नुहुन्छ ? भनेर पनि प्रश्न सोधिएको थियो ।
तर, उनले धेरै केही खुलाएनन् ।
सञ्चारकर्मीसँग प्रश्नोत्तर गर्नुअघि घिसिङले एक लामो विज्ञप्ति पढेर सुनाएका थिए ।
उक्त विज्ञप्तिमा पनि उनले घुमाउरो भाषा प्रयोग गर्दै भनेका छन् ‘मेरो प्रतिबद्धता सधैं जनताको सेवा प्रति समर्पित रहनेछ । राष्ट्र निर्माणमा जहाँ मेरो आवश्यकता पर्छ, त्यहाँ योगदान दिन म सदैव तयार छु ।’
आगामी दिनमा उनले यस्ता प्रहार आफूमाथि भइरहनसक्ने बताउँदै त्यसबारे सतर्क र सजग रहेको पनि बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ चैत्र २०८१, १५ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलमानको पुनर्बहाली माग राखेर माइतीघरमा प्रदर्शन (तस्वीरहरू)
बर्खास्तीपछि कुलमानले गरे पहिलोपटक धारणा सार्वजनिक (पूर्णपाठ)
बक्यौता उठाएकैले मलाई पदबाट हटाइयो: कुलमान घिसिङ
माइतीघरमा कुलमानको समर्थनमा आज पनि प्रदर्शन
कुलमानको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
कुलमान घिसिङको रिटमाथि सुनुवाइ सुरु