काठमाडौँ । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनर्बहाली गर्नुपर्ने भन्दै काठमाडौँमा प्रदर्शन भएको छ ।
कुलमान उज्यालो नेपालको नायक भएको भन्दै पुनर्बहाली गर्नुपर्ने माग सहित कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले कुलमान घिसिङ देशको शान, कुलमानलाई पुनर्बहाली गर लगाएका प्लेकार्ड सहित नाराबाजी गरेका थिए । कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति सडक र सदनबाट विरोध भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ चैत्र २०८१, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलमानको पुनर्बहाली माग राखेर माइतीघरमा प्रदर्शन (तस्वीरहरू)
राजनीतिमा आउने हल्लाबारे कुलमान- कुनै पनि जिम्मेवारी लिन तयार छु
बर्खास्तीपछि कुलमानले गरे पहिलोपटक धारणा सार्वजनिक (पूर्णपाठ)
बक्यौता उठाएकैले मलाई पदबाट हटाइयो: कुलमान घिसिङ
कुलमानको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
कुलमान घिसिङको रिटमाथि सुनुवाइ सुरु