मकवानपुर । बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ दलको बैठक सुरु भएको छ । प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले आज बिहान ८ बजेका लागि बोलाएको बैठक निर्धारित समय भन्दा एक घण्टा ढिलो गरी सुरु भएको हो ।
चैत १८ सोमबार अपराह्न ४ः३० बजेका लागि बोलाएको सर्वदलीय बैठक सार्दै सभामुख पाठकले मंगलबार बिहान ८ बजेका लागि बैठक बोलाएका थिए । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने ७ मध्ये ६ दलको उपस्थिति रहेको छ । नेमकिपा सर्वदलीय बैठकमा सहभागी छैन ।
सभामुख पाठकले पछिल्लो राजनीतिक घटनाक्रम र प्रदेशसभा सञ्चालनको विषयहरू टुङ्ग्याउन सर्वदलीय बैठक आह्वान गरेको जानकारी दिए । विगतका सहमति, पछिल्लो समय प्रदेश सरकारका कामकाज तथा हालै विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल गरेर अघि बढ्ने तयारी रहेको उनको भनाई छ ।
सभामुख पाठकका अनुसार सत्तापक्ष र प्रतिपक्ष बिचका राजनीतिक सहमति कार्यान्वयनका सवालमा छलफल गर्न पनि सर्वदलीय बैठक आह्वान गरिएको हो । बैठकले प्रदेशसभाको १९ चैतमा बस्ने बैठकका कार्यसूचीका विषयमा पनि निर्णय गर्ने सभामुख पाठकको भनाई छ ।
११० सदस्यीय बागमती प्रदेशसभामा ७ दलको प्रतिनिधित्व रहेको छ । जसमा कांग्रेस ३७, एमाले २७ (उपसभामुख सहित), राप्रपा १३ (सभामुख सहित), एकीकृत समाजवादी ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टी २ सांसद सहित प्रतिनिधित्व रहेको छ
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ चैत्र २०८१, १० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमतीको सर्वदलीय बैठक निष्कर्षविहीन
सर्वदलीय बैठक बोलाउन माओवादीको सुझाव
बागमतीमा सभामुखले डाके सर्वदलीय बैठक
यस्ता छन् सर्वदलीय बैठकका निर्णय
बंगलादेशको घटनाक्रमलाई लिएर दिल्लीमा सर्वदलीय बैठक, राहुल पनि सहभागी
बागमती प्रदेशसभाको सर्वदलीय बैठक सुरु