मकवानपुर । बागमती प्रदेशको सर्वदलीय बैठक विना निष्कर्ष टुंगिएको छ । मङ्गलवार बिहान ९ बजेदेखि बसेको प्रदेशसभाका ७ दलको बैठक निष्कर्षविहीन बनेको हो ।
प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले आह्वान गरेको उक्त बैठकमा दलहरूबिच सहमति हुन नसकेको हो । सत्तापक्ष र प्रतिपक्ष बिचको विगतको बजेट माथिको सहमति र पछिल्लो समय भएको सहकारी मन्त्री मदुकुमार श्रेष्ठको स्वकीय सचिवको आत्महत्या प्रकरणमा छानबिन समिति गठनका विषयमा सहमति जुट्न नसक्दा बैठक निष्कर्ष विहीन बनेको हो ।
नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलका सरकारले प्रतिपक्षलाई समेट्ने र हाउस चलाउने विषयमा गम्भीरता नदेखाउँदा सहमति जुट्न नसकेको हो । सर्वदलीय बैठकमा संसद् चलाउने वातावरण तयार गर्न प्रतिपक्षले माग गर्दा पनि सरकार त्यसमा जिम्मेवार बन्न नसकेको उनको भनाई छ ।
प्रतिपक्षका तर्फबाट विगतमा भएको बजेट माथिको सहमति कार्यान्वयन र सहकारी मन्त्री श्रेष्ठको स्वकीयको छानबिन समिति गठनका विषयमा उठान भएको उनले बताए । सो विषयमा सरकारले उचित जवाफ र सकारात्मक प्रतिक्रिया नजनाएपछि सर्वदलीय बैठक विना निष्कर्ष टुङ्गिएको नेता जम्कट्टेलले बताए । सरकारको प्रतिबद्धता सहितको जवाफ नआए संसद् अघि बढ्न नसक्ने उनको भनाई छ ।
नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद शर्मा खनालका अनुसार बैठकमा प्रतिपक्ष दलले उठाएको माग र मुद्धमा सरकारले सकारात्मक सङ्केत नदेखाएपछि निष्कर्ष निस्कन सकेन । विगतका सहमति कार्यान्वयन र सहकारी मन्त्री श्रेष्ठको छानबिन समिति गठनका विषयमा सरकार सकारात्मक नरहेको उनले बताए । उक्त विषयमा सहमति जुट्न नसके संसद् बैठक प्रभावित हुने उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ चैत्र २०८१, १३ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशको सर्वदलीय बैठक सुरु
सर्वदलीय बैठक बोलाउन माओवादीको सुझाव
बागमतीमा सभामुखले डाके सर्वदलीय बैठक
यस्ता छन् सर्वदलीय बैठकका निर्णय
बंगलादेशको घटनाक्रमलाई लिएर दिल्लीमा सर्वदलीय बैठक, राहुल पनि सहभागी
बागमती प्रदेशसभाको सर्वदलीय बैठक सुरु