काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले तीनकुने घटनामा सरकारले कुनै एउटा पक्षको दोष देखाएर सरकार उम्किन नमिल्ने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री केपी ओलीले पूर्वतयारी पर्याप्त नभएको स्वीकारिसकेको बताए । उनले भने, ‘सरकारले पूरा तयारी नभएको स्वीकारिसकेको छ। दुई जनताको ज्यान गइसकेको छ । करोडौंको क्षति भइसकेको छ। अनि उहाँले एउटा कार्यक्रममा १०, १५ हजार आउँदैमा केही हुँदैन त्यसलाई ठूलो कुरा नबनाऔं भन्नुभयो । गृहमन्त्रालयका प्रवक्ताले ४ हजार मात्रै मान्छे थिए भन्नुभयो। त्यसो हुँदा गृहप्रशासनले त्यही मान्छे किन सम्हाल्न सकेन त्यो प्रश्न त उठ्छ नि ।’
उनले घटनाबारे उच्च स्तरिय छानविन आयोग गठन गर्न माग गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ चैत्र २०८१, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले तोक्यो ७ प्रादेशिक इन्चार्ज
रास्वपा सहमहामन्त्री पदबाट सुमना श्रेष्ठको राजीनामा
रास्वपा केन्द्रीय समिति बैठक बस्दै
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा
महाधिवेशनबारे औपचारिक निर्णय गर्न रास्वपाले बोलायो बैठक
तीनकुनेमा भएको आन्दोलन कुनै हिसाबले राजनीतिक थिएन : सन्तोष परियार