काठमाडौँ । वैशाखको अन्तिम साता तोकिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनबारे औपचारिक निर्णय गर्न बिहीबार केन्द्रीय कमिटी बैठक बस्दैछ । पार्टी सचिवालय बैठकको निर्णय र पार्टी कार्यवाहक सभापतिको आव्हानमा बिहीबार बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको कार्यवाहक प्रवक्ता मनिष झाले जनाएका छन् ।
वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकका एजेन्डा चारवटा रहेको सो पार्टीले जनाएको छ । जसअनुसार अघिल्लो बैठकको निर्णयसहितको पार्टी गतिविधिमा केन्द्रीय सदस्यहरूको रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्ने पहिलो एजेन्डा रहेको छ । दोस्रो एजेण्डामा महाधिवेशन कार्य विवरणका सम्बन्धमा रहेको छ ।
रास्वपाले यसअघि वैशाख २५ देखि २७ सम्म पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको थियो । तर सभापति रवि लामिछाने सहकारी मुद्दामा थुनामा पुगेपछि महाधिवेशन तोकिएको मितिमा नहुने निश्चितजस्तै भैसकेको छ । यसअघि बसेको सचिवालय बैठकमा समेत वैशाखको महाधिवेशन सार्ने कि हाललाई स्थगन मात्र गर्ने भन्नेबारेमा छलफल भएको थियो । उक्त छलफलमा औपचारिक निर्णय केन्द्रीय कमिटीबाटै गर्न उपयुक्त हुने भनेर केन्द्रीय समिति बैठक आह्नवान गरिएको थियो ।
महाधिवेशनबाहेक केन्द्रीय समिति बैठकमा विशेष रिपोर्टिङ (जनयात्रा कार्यक्रम, ब्लु प्रिन्ट कार्यदल, लिडरसिप एकेडेमी, प्रशिक्षण, सङ्गठन सबलीकरण) र विविध विषयमा छलफल हुने नेता झाको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ बैशाख २०८२, १३ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीनकुनेमा भएको आन्दोलन कुनै हिसाबले राजनीतिक थिएन : सन्तोष परियार
रास्वपा सचिवालय बैठक आज पनि बस्दै, केन्द्रीय समिति बैठक आह्वान
रवि लामिछानेमाथि ज्यादती भएको भन्दै रास्वपाद्वारा मानव अधिकार आयोगको ध्यानाकर्षण
रास्वपा सचिवालय बैठक बैस्दै, के के छन् एजेण्डा ?
रास्वपाले बोलायो सचिवालय बैठक
रास्वपाको प्रश्न : पक्राउ पूर्जी नबोकी हतारहतार सभापतिको बेडरुममा किन पुग्यो प्रहरी ?