विद्यालय शिक्षा विधेयकलाई छिटो टुङ्ग्याऔँ : शिक्षामन्त्री भट्टराई

सफल खबर संवाददाता

सोमबार, १८ चैत्र २०८१, १३ : २२
विद्यालय शिक्षा विधेयकलाई छिटो टुङ्ग्याऔँ : शिक्षामन्त्री भट्टराई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयकलाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिएकी छन् । सोमबारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत गठित विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले विद्यालय शिक्षा विधेयक धेरै पेचिलो विषय रहेको बताइन्।

उनले सबैले आशा र प्रतीक्षा गरेको विधेयक भएकाले पनि सबैले समन्वय गरेर छिटो टुङ्ग्याउनुपर्ने बताइन्। उनले ३५ दिनको कार्य योजना बनाएर उपसमितिले काम सुरु गरेकोमा खुशी प्रकट गरे ।

मन्त्री भट्टराईले भनिन्, ‘‘यो विधेयक असाध्यै पेचिलो छ र सबैले आशा गरेको, कहिले आउँछ भनेर सबै प्रतिक्षारत भएको विधेयक रहेको हुँदा हामीले ३५ दिनको कार्य योजना बनाएर काम सुरु गरेका छौँ । जे विषय सहज छन्, त्यसलाई यो यो दफामा छलफल गरेका छौँ भनेर सन्देश दिन पनि जरुरी छ । जे विषयमा संवाद आवश्यक हुन्छन्, विषय सुरु गर्ने र संवादका लागि कहाँ कहाँबाट सहजीकरण हुन्छ, त्यसको लागि मैले मन्त्रालयको हिसाबले गर्नुपर्ने हिसाबमा सहजीकरण गर्न तयार छु ।’’

मन्त्री भट्टराईले उपसमिति, समिति र मन्त्रालयसँगको सहकार्य गरेर समन्वयका साथ अघि बढ्नुपर्ने बताइन् ।

 

प्रतिक्रिया दिनुहोस