त्रिविका उपकुलपतिले राजीनामा दिनुको कारण थाहा छैन : शिक्षामन्त्री

सफल खबर संवाददाता

आइतबार, १७ चैत्र २०८१, १३ : १९
त्रिविका उपकुलपतिले राजीनामा दिनुको कारण थाहा छैन : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. केशरजंग बरालले किन राजीनामा दिएकोबारे आफूलाई कुनै जानकारी नरहेको बताएकी छिन् ।

आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो विषयमा आफू अनविज्ञ रहेको बताएकी हुन् ।

शनिबार बिदा परेकाले आफूसमक्ष सो जानकारी नआएको र आजसम्म आउने उनले विश्वास व्यक्त गरिन् । ‘हिजो बिदाको दिन भयो । त्यसकारण आजसम्ममा थाहा हुन्छ । त्यसपछि हामी जानकारी गराउनेछौँ । समितिलाई जानकारी गराउनेछौँ,’ उनले भनिन्, ‘जसरी यहाँहरूले मिडियामार्फत् थाहा पाउनुभयो, मेरो पनि स्रोत त्यही नै हो । किनभने उपकुलपतिले बुझाउनका लागि शिक्षा मन्त्रालय आउन बिदा भयो हिजो । त्यसकारण आज दिउँसोसम्म थाहा होला ।’ किन राजीनामा दिनुभएको हो भन्नेबारेमा औपचारिक जानकारी नरहेकाले औपचारिक तवरबाट जानकारी पाएपछि मात्रै समितिलाई जानकारी गराउने प्रतिवद्धता जनाए ।

 

 

प्रतिक्रिया दिनुहोस