काठमाडौं । प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा कमल गिरी निर्वाचित भएका छन् । गएराति सम्पन्न मतगणना अनुसार ३६६ मत ल्याएर गिरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी दीपेन्द्र रावलले १७५ मत प्राप्त गरे ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी, उपाध्यक्ष खुलामा रामसिंह ठगुन्ना, लक्ष्मण खड्का र विवेक गौतम, उपाध्यक्ष (महिला) मा शान्ता अधिकारी र उपाध्यक्ष (समावेसी)मा दीपक श्रेष्ठ निर्वाचित भएका छन् ।
यसैगरी, महासचिवमा मनोज घर्तीमगर, उपमहासचिव (महिला) मा लक्ष्मी आचार्य, उपमहासचिव (दलित) मा हरिश बिक, उपमहासचिव (मधेशी) मा अनिल मिश्र, उपमहासचिव (आदिवासी जनजाति) मा बुद्ध लोप्चन पनि निर्वाचित भएका छन् ।
यस्तै उपमहासचिव खुलामा ज्ञानप्रसाद पौडेल, खुला सचिवमा सुरेन्द्र चालिसे र सन्तोष देउजा, सचिव (महिला) मा अञ्जली थापा, सचिव (समावेसी) मा अवतार राई निर्वाचित भएका छन् ।
सेन्टरको कोषाध्यक्षमा वसन्त गिरी, लेखा समिति संयोजकमा अमृतराज तिवारी र सचिवमा भीम राई, अनुशासन समिति संयोजकमा गुनाराम घिमिरे र सचिवमा कृष्ण लेकाली विजयी भएका छन् ।
२९ पदाधिकारी मध्ये अध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा महासचिव सहित विभिन्न १२ पदका लागि मतदान भएको थियो । जसमा १७ पदाधिकारी निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ चैत्र २०८१, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रेस सेन्टरको अध्यक्षमा दुईजनाको उम्मेदवारी
प्रेस सेन्टरको पाँचौँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा
पत्रकार ढुंगानालाई दुर्व्यवहार गर्नेलाई कारवाही गर्न प्रेस सेन्टरको माग