समाजवादी मोर्चाको बैठक जारी

सफल खबर संवाददाता

शनिबार, १६ चैत्र २०८१, ०९ : १६
समाजवादी मोर्चाको बैठक जारी

एजेन्सी । समाजवादी मोर्चाको बैठक जारी छ।

मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बिहान साढे ८ बजेपछि सुरु भएको हो।

राजावादीले काठमाडौँको तीनकुने क्षेत्रमा २ जनाको ज्यान जाने गरी गरेको हिंसात्मक आन्दोलनको भोलिपल्ट बिहानै समाजवादी मोर्चाको बैठक बस्न लागेको हो। 

यसअघि आजै बिहान ११ बजेका लागि तय गरिएको समाजवादी मोर्चाको बैठक सारेर आकस्मिक रूपमा राखिएको नेताहरूले बताएका छन्। 

शुक्रबार समाजवादी मोर्चाले पनि भृकुटीमण्डपमा गणतन्त्रका पक्षमा प्रदर्शन र सभा गरेको थियो।  

बैठकमा समाजवादी मोर्चाका संयोजक तथा नेकपाका अध्यक्ष विप्लव, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, महासचिव देव गुरुङ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल, नेसपाबाट अध्यक्ष महीन्द्र राय यादवलगायत नेता सहभागी छन्। 

समाजवादी मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादीवादी, विप्लवको नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टी आबद्ध छन्। 

प्रतिक्रिया दिनुहोस