रत्नपार्कबाटअघि बढ्यो समाजवादी मोर्चाको जुलुस

सफल खबर संवाददाता

शुक्रबार, १५ चैत्र २०८१, १३ : ३९
रत्नपार्कबाटअघि बढ्यो समाजवादी मोर्चाको जुलुस

काठमाडौँ । भृकुटीमण्डप पुग्नुअघि समाजवादी मोर्चाले झाँकीसहित जुलुस निकालेको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा जम्मा भएर सुन्धारा–रत्नपार्क हुँदै समाजवादी मोर्चाले जुलुस निकालेको हो ।

समाजवादी मोर्चाका नेता-कार्यकर्ताहरू अहिले सभास्थल भृकुटीमण्डपतर्फ अघि बढिरहेका छन् । अन्य रुटबाट पनि मोर्चाका नेता(कार्यकर्ताहरू आउने क्रम जारी छ ।

मोर्चामा रहेको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायतका नेताहरूले जुलुसको नेतृत्व गरेका छन् । सभास्थलमा पुगेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

 

प्रतिक्रिया दिनुहोस