तोडफोड र आगजनी निन्दनीय : कमल थापा

सफल खबर संवाददाता

शुक्रबार, १५ चैत्र २०८१, २० : ०५
तोडफोड र आगजनी निन्दनीय : कमल थापा

काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजावादी प्रदर्शनको क्रममा भएको तोडफोड र आगजनी निन्दनीय भएको बताएका छन् ।

बिहीबार अपराह्न सामाजिक सञ्जालमार्फत थापाले सरकारी दनको कारण उत्तेजित भिडले तोडफोड र आगजनी गर्न पुगेको टिप्पणी गरेका छन् ।

तीनकुनेमा निजी घरमा पसेर प्रहरीले जुलुसमा र सभा सुरु हुनुअगावै मञ्चमा अश्रुग्यास प्रहार गरेपछि परिस्थिति अराजक हुन पुगेको हो,’ उनले भने, ‘नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय, प्रशासन गृह, निजी घर, सुपर मार्केट र सरकराी कार्यालयमा भएको तोडफोड र आगजनी निन्दनीय छ ।’

प्रतिक्रिया दिनुहोस