तीनकुनेमा हवाई फायर

सफल खबर संवाददाता

शुक्रबार, १५ चैत्र २०८१, १५ : ००
तीनकुनेमा हवाई फायर

काठमाडौं । तीनकुनेको स्थिति तनावग्रस्त भएपछि प्रहरीले हवाई फायर गरेको छ । घरमा लागेको आगो निभाउन गएको दमकललाई पनि प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले सुरुमा अश्रुग्याँस प्रहार गरेको थियो । पछि हवाई फायर गरेको हो ।  त्यसपछि आगो निभाउन नसकी दमकल फर्किएको छ ।

काठमाडौं तिनकुनेमा राजवादीहरुले गणतन्त्र खारेज र राजसंस्था पुनर्स्थापनाको माग सहित आज सभा आयोजना गरेका थिए । तर प्रहरीसँगको धकेलाधकेलले गर्दा तनाव बढेको थियो ।

त्यसपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेर भिडलाई तितरवितर पारेको थियो । लगत्तै एक घरमा तोडफोड र आगजनी भएपछि थप तनाव बढेको छ ।राजावादीहरुले तीनकुनेमा गर्न लागेको सभा सुरु हुन नपाई बिथोलिएको छ । त्यहाँ नेताहरु देखिएका छैनन् ।

 

 

प्रतिक्रिया दिनुहोस