काठमाडौँ । राजावादी र प्रहरीबिचको झडपसँगै तीनकुनेमा जारी कार्यक्रम प्रभावित बनेको छ । राप्रपाका प्रवक्ता सगुन लावतीले प्रहरी हस्तक्षेपका कारण तिनकुनेमा मञ्च बनाएर भएको कार्यक्रममा नेताहरुले बोल्ने क्रम प्रभावित बनेको बताए ।
प्रहरीबाट कार्यक्रम भइरहेको मञ्चनजिकै अश्रुग्यास प्रहार भएपछि कार्यक्रम केहीबेर प्रभावित बन्न पुगेको उनको भनाइ छ । प्रहरीले आन्दोलनकारीहरू निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेपछि लाठीचार्ज, अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको बताएको छ ।
सो क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । अहिले पनि तीनकुने क्षेत्रमा राजावादी समूहले वर्तमान व्यवस्थाको विरोधमा नाराबाजी गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ चैत्र २०८१, १४ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजेन्द्र लिङ्देनको चुनौती-‘राजावादी यहाँ छ, सके जेल हाल’
राजावादीहरूको प्रदर्शन हिंसात्मक भएको मानव अधिकार आयोगको निष्कर्ष
कार्यक्रम बिथोलिएपछि सम्बोधन स्थल छाडेर हिँडे राजावादी नेता
निषेधित क्षेत्र तोड्न खोज्ने केही राजावादीलाई प्रहरीले लियो नियन्त्रणमा
ज्ञानेन्द्रलाई स्वागत गर्न यस्तो छ राजावादीको तयारी