कार्यक्रम बिथोलिएपछि सम्बोधन स्थल छाडेर हिँडे राजावादी नेता

सफल खबर संवाददाता

शुक्रबार, १५ चैत्र २०८१, १३ : ४५
कार्यक्रम बिथोलिएपछि सम्बोधन स्थल छाडेर हिँडे राजावादी नेता

काठमाडौं । राजावादीहरूको प्रदर्शन बिथोलिएपछि नेताहरू कार्यक्रमस्थल छाडेर तीनकुनेबाट बाहिरिएका छन् । अश्रुग्याससमेत प्रहार भएपछि अहिले तीनकुनेको अवस्था तनावग्रस्त बनेको छ ।

सभाका लागि विभिन्न ठाउँबाट मानिसहरु प्रदर्शनमा आइरहेका थिए । प्रहरीले बानेश्वरतर्फ जाने सडक बन्द गराएको थियो । त्यहाँको प्रहरी घेरा तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको जनाएको छ ।

सभाका लागि विभिन्न ठाउँबाट राजाका समर्थकहरु भेला हुन तिनकुने आउने क्रम जारी थियो । उनीहरुको सभा सुरु नहुँदै तनाव सिर्जना भएको छ । कार्यक्रम बिथोलिएपछि नेताहरु कार्यक्रमस्थलबाट हिँडेका छन् । प्रहरीले बल प्रयोग गरेपछि उनीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका छन् ।