काठमाडौँ । बुल्गेरिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । सो अभियोगमा कीर्तिपुर नगरपालिका–९ बस्ने झापा बिर्तामोड नगरपालिका–४ घर भएका ५७ वर्षीया आशा परियार पक्राउ परेकी हुन् ।
सो आरोपमा परियारलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । आशाले बुल्गेरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई कीर्तिपुर नगरपालिका–९ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ चैत्र २०८१, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठगी आरोपमा जनमत पार्टीका कोषाध्यक्ष पक्राउ
पाँच किलो ९४० ग्राम अफिमसहित एक जना पक्राउ
राप्रपा अध्यक्ष लिङ्देनलगायत सिंहदरबारबाट पक्राउ
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
३ सय ६५ किलोग्राम गाँजासहित चार जना पक्राउ
तीनकुनेमा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ