काठमाडौँ । राष्ट्रिय सभामा आज अध्यादेश प्रतिस्थापन विधेयकहरू पारित गर्ने कार्यसूची छ । सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ । जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले तीन वटा विधेयक पारित गरियोेस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । जसमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, निजीकरण (पहिलो संशोधन) विधेयक र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक रहेको छ । यी पाँच वटै विधेयक पारित गर्नु अगाडि सदनमै दफावार छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ चैत्र २०८१, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभाको बैठक एक घण्टाका लागि स्थगित
राष्ट्रिय सभामा आज पनि विपक्षीको अवरोध
सहकारी सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक राष्ट्रिय सभाबाट स्वीकृत
महिनावारी विभेदको अन्त्यसम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभामा पेस
राष्ट्रिय सभाको बैठक बस्दै
तिलगंगा नेत्र विश्वविद्यालय विधेयक पारित गर्दै राष्ट्रिय सभा