२ अर्ब ७० करोड पुग्यो नेपाली फिल्म बजारको आकार

सफल खबर संवाददाता

बुधबार, २७ चैत्र २०८१, १५ : ३९
२ अर्ब ७० करोड पुग्यो नेपाली फिल्म बजारको आकार

काठमाडौँ । २०८१ सालमा नेपाली फिल्मको बजारको आकार २ अर्ब ७० करोड रुपैयाँ ग्रस पुगेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिस रिपोर्टअनुसार यसवर्ष नेपाली फिल्म बजारको आकार ऐतिहासिकरुपमा अभूतपूर्व देखिएको छ ।

नेपाली र अन्तर्राष्ट्रिय रिलिजबाट मात्र यसवर्ष कूल २ अर्ब ७० करोड रुपैयाँ कमाइ भएको छ । यसवर्ष रिलिज भएका कूल ५९ नेपाली फिल्मको कूल कमाइ १ अर्ब ८० करोड छ ।

यसवर्ष रिलिज भएका कूल ८३ विदेशी फिल्मको कमाई ८९ करोड ५८ लाख नेरु छ । नेपाली र विदेशी फिल्मको कूल कमाई जोड्दा २०८१ सालमा २ अर्ब ७० करोड हुन आउँछ । पहिलो पटक नेपाली फिल्म बजारको कमाइमा यस्तो उछाल आएको हो ।

यसैवर्ष नेपाली फिल्मको कूल टिकट ५७ लाख ३७ हजार वटा बिक्री भएको छ । विदेशी फिल्मको टिकट २६ लाख ९० हजार पुगेको छ । दुबै फिल्मको कूल टिकट ८४ लाख ५७ हजार पुग्छ ।

यसवर्ष ‘पूर्णबहादुरको सारंगी’ र दक्षिण भारतीय फिल्म ‘पुष्पा २’को योगदान नेपालको बक्सअफिसमा देख्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस