राष्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता

सफल खबर संवाददाता

शनिबार, २४ फागुन २०८१, १९ : ४८
राष्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच शीतल निवासमा शनिबार साँझ भेट भएको हो। उनीहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।