काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्। उनले राष्ट्रपति पौडेललाई शीतलनिवासमा पुगेर भेट गरेका हुन्।
भेटमा देशको समसामयिक परिस्थितिबारे छलफल भएको बताएका छन्। राष्ट्रपतिको भेटपछि उनले लेखेका छन्, ‘देशको प्रमुख अभिभावकको नाताले राष्ट्रपतिज्यूमा लोकतान्त्रिक राज्य प्रणालीमा स्वाभाविक रूपमा बेलाबखत देखापरिरहने राजनीतिक, आर्थिक, सामाजिक, सामरिक, प्रशासनिक क्षेत्रका समस्या दलहरूका नेतृत्वले नै आपसी संवाद र सहमतिबाट हल गरून् र जनताले लामो संघर्षबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरून् भन्ने सदीक्षा रहेको अनुभूति भयो।’
उनले राष्ट्रपतिसँग भेटेपछि जनताले लामो संघर्षबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नको लागि सबै जिम्मेवार राजनीतिक दल र नेतृत्वको ध्यानाकर्षण गराएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ चैत्र २०८१, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तुर्कियका लागि नेपालको गैरआवासीय राजदूतमा धिताल नियुक्त
सहकारी समस्याबारे राष्ट्रपतिको चासो
सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त: राष्ट्रपति
पानी विवादमा मेक्सिकोलाई भन्सार कर लगाउने ट्रम्पको धम्की
नेपाली सेना अन्तरराष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको शान : राष्ट्रपति पौडेल
महावीरको मार्गदर्शन परिपालन गर्न सके राष्ट्रिय एकता सुदृढ हुन्छ : राष्ट्रपति