रुपन्देही । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी यतिबेला लुम्बिनी भ्रमणमा छिन् । उनले शुरु गरेको प्रदेशस्तरीय भ्रमण र एमाले नेता-कार्यकर्तासँगको बढाएको बाक्लो भेटघाटले राजनीतिमा फर्किने आंकलन गरिएको छ ।
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली पार्टीभित्र भित्री रुपमा कमजोर देखिँदै गएको र पछिल्लो दिनमा सरकारको नेतृत्वमा रहँदा प्रर्फमेन्स देखाउन नसकेर आलोचित भईरहेका बेला भण्डारीले जिल्ला भ्रमण शुरु गरेकी हुन् ।
यसले एमालेभित्र ओलीको विकल्पका रुपमा अबको ११ औं महाधिवेशनमा भण्डारी पार्टी अध्यक्ष बन्न सक्ने चर्चा शुरु भएको छ । यही मेसोमा भण्डारीले गण्डकी, कोशी प्रदेशको एक झमट भ्रमण सकेर अहिले लुम्बिनी भ्रमणमा निस्केकी हुन् ।
लुम्बिनी भ्रमणमा निस्केकी पूर्व राष्ट्रपति भण्डारी बिहिबार (चैत १४) मा रुपन्देही पुगेकी हुन् । त्यहाँ पुगे लगत्तै देखि उनी राजनीतिक भेटघाटमा छिन् । उनको साथमा एमाले सचिव समेत रहेकी पद्मा अर्याल पनि छिन् ।
उनले हिजो नै राजनीतिक भेटघाट बढाएको र आज फेरि दिउँसो केही समय लुम्बिनीमा आयोजित एक कार्यक्रममा सहभागी भएपछि दिउँसो २ बजेदेखि साढे तीन बजेसम्म एमाले नेता कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम बनाएकी छिन् ।
दिउँसो साढे तीन बजे त्रिवेणीधाममा धार्मिक यात्राका लागि निस्किने उनी त्यहाँबाट फर्किएपछि फेरी बेलुका १० बजेसम्म पुनः एमाले नेता कार्यकर्तासँगकै भेटघाटमा व्यस्त हुने छिन्।
हिजो रुपन्देही आएपछि पनि उनले बुटवलस्थित लुम्बिनी केबलकारको भ्रमण गरी बसन्तपुरमा रहेको कामाख्यादेवी मन्दिरको दर्शन गरेर एमाले नेता कार्यकर्तासँगको भेटघाटमै आफुलाई ब्यस्त राखेकी थिइन् ।
पर्सिसम्म लुम्बिनी बस्ने योजनाका साथ आएकी भण्डारीले शनिबार बिहान ११ बजेदेखि बेलुका साढे ६ बजेसम्म भैरहवामा हुने महिला नेतृहरूबीचको अन्तरसंवाद कार्यक्रममा सहभागीता जनाउनेछिन् । त्यसपछि चैत १७ गते उनी काठमाडौं फर्किने कार्यतालिका रहेको उनका सहयोगी राजकुमार राईले जानकारी दिए ।
विगतमा ओलीमा रहेका नेता कार्यकर्ता अहिले धमाधम भण्डारीको पक्षमा खुलन थालेका छन् । ओलीले पार्टीभित्र आन्तरिक जनवादमा लगाएको रोक, निरंकुश पार्टी सञ्चालन र आलोचना सुननै नचाहने शैलीका कारण एमालेभित्र भित्रभित्र भण्डारीको पक्षमा जर्वजस्त माहोल निर्माण भईरहेको छ ।
कतिपयले भण्डारीले एमाले नेतृत्व लिएर फेरि नेपालका कम्युनिष्ट पार्टीहरु बीचको एकतामा पनि जोड गरिरहेका छन् । जसकाकारण पनि एमालेभित्र भण्डारी र ओलीका कित्तामा कित्ताकाट हुने गरी राजनीतिक धुव्रिकरण बढेर गएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ चैत्र २०८१, १० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति भेट्न शीतलनिवास पुगे बाबुराम
राष्ट्रपति भेट्न शितल निवास पुगे प्रचण्ड
संघीय लोकतान्त्रिक गणतन्त्रमा शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छ : राष्ट्रपति पौडेल
होली पर्वले सामाजिक सद्भावलाई थप सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल
राष्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता
युवा जनशक्तिको पलायन मुलुकका लागि ठुलो चिन्ताको विषय : राष्ट्रपति पौडेल