काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका जनसंगठनलाई विवादरहित बनाउनु पर्ने बताएका छन् । नेकपा एमाले जनसंगठन संयन्त्रको बैठकलाई सोमबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै महासचिव पोखरेलले यसले संगठनलाई एकताबद्ध बनाउने बताए । ‘वैशाखसम्म जनसंगठनका अधिवेशन गर्ने भनेर तयारी भएको छ, अधिवेशन जति समझदारीका साथ, एकताका साथ निर्विवाद गर्न सकियो स्वाभाविक रूपमा त्यसले काममा सहजता प्राप्त हुन्छ, त्यस बारेमा अहिलेदेखि नै सोच्नु पर्छ’, उनले भने ।
पोखरेलले यस विषयमा जनसंगठन संयन्त्रका प्रमुख, जनसंगठनका इन्चार्जहरू र संगठनका अध्यक्षहरूलाई गम्भीर हुन महासचिव पोखरेलले आग्रह गरे । ‘सुरुदेखि नै मिहिनेत गर्यो भने त्यो गर्न सकिन्छ, पछि एकै चोटी गर्दा नमिल्न सक्छ, छलफल गर्दै जाँदा सबै विषय टुङ्गिन्छन्, वातावरण बनायो भने चुनाव नै गराउनु पर्ने स्थिति नबन्न सक्दछ, म बलियो छु भन्ने बुझाइले चुनाव हुने त हो नि’, पोखरेलले भने ।
पोखरेलले एमालेका जनसंगठनहरुको अधिवेशन सन्देशमूलक हुनुपर्नेमा जोड दिए । ‘नवीन सोच र योजनाहरू अधिवेशनबाट सार्वजनिक हुनु पर्दछ, हाम्रो ध्यान बढी निर्वाचनमा केन्द्रित भएको छ, फरक ढङ्गले अघि बढ्ने कुरा महाधिवेशनमा हुनुपर्दछ’, उनले भने ।
जनसंगठनलाई आधारभूत तहसम्म स्थापित गर्न पार्टीले जनकेन्द्रित अभियान सञ्चालन गरेको पोखरेलले बताए । ‘जनसंगठनको विस्तार र विकासको लागि यो अभियान महत्त्वपूर्ण छ, त्यसैले यो अभियानलाई जनसंगठनले महत्त्व दिनु पर्दछ’, पोखरेलले भने ।
नेकपा एमाले जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा भएको बैठकमा जनसंगठनका इन्चार्जहरू, जनसंगठनका अध्यक्षहरू, पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ फागुन २०८१, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशका लागि योगदान दिनेलाई सबैले सम्मान गर्नुपर्छ : महासचिव पोखरेल
जग्गा दान लिनु स्वाभाविक हो, विवाद आवश्यक छैन : महासचिव पोखरेल
प्रधानमन्त्री ओलीलाई अङ्ग्रेजी नआएर ‘डाँफेज’ र ‘गैंडाज’ भन्नुभएको होइन : महासचिव पोखरेल
विदेश गएका नेताका छोराछोरीलाई पार्टी काममा जोड्न एमाले महासचिव पोखरेलको निर्देशन
बालेनको विषय प्रधानमन्त्रीसँग जोड्न जरुरी छैन : महासचिव पोखरेल
मदन भण्डारीको विचारलाई जनजनमा लैजानुपर्छ : महासचिव पोखरेल