देउखुरी (दाङ) । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले देशका लागि योगदान दिने मानिसलाई सबैले प्रोत्साहन गर्नुपर्ने बताएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका-११ मालेडाँडामा आज श्रीमणि आचार्य स्मृति पार्क शिलान्यास कार्यक्रममा उनले श्रीमणि आचार्यले देश र जनताका लागि योगदान दिएको बताए । उनले कुनै पनि ठाउँमा खर्च गर्दा त्यसको उपलब्धि हुने गरी खर्च गर्नुपर्ने बताए ।
भौतिक पूर्वाधार निर्माण गर्दा यस्ता कुरामा ध्यान दिन पोखरेलले आग्रह गरे । यस्ता काममा तीनवटै तहका सरकारको सहकार्य आवश्यक रहेको पनि उनले स्पष्ट पारे । विकासका हरेक काममा स्थानीय समुदायको भूमिका महत्त्वपूर्ण हुने भएकाले बनेका संरचना कस्तो हिसाबले सदुपयोग गर्ने भन्ने कुरा स्थानीय समुदायकै भूमिकामा भर पर्ने पोखरेलको भनाइ थियो ।
स्थानीय समुदायले उचित प्रयोग र सदुपयोग गरेन भने सरकारले जति खर्च गरे पनि त्यो प्रभाकारी नहुने पोखरेलले बताए। श्रीमणि आचार्यको नाम आफ्नै कामले जीवन्त रहेको पोखरेलले धारणा राखे । उनको सम्मानमा स्मृति पार्क बन्नु खुसीको कुरा भएको उनले बताए । दाङको कम्युनिष्ट आन्दोलनमा श्रीमणि आचार्यले दिनरात खटेर पार्टीको नेतृत्व गरेका थिए । उनको २०६४ पुस ३ गते मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ फागुन २०८१, १४ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जग्गा दान लिनु स्वाभाविक हो, विवाद आवश्यक छैन : महासचिव पोखरेल
प्रधानमन्त्री ओलीलाई अङ्ग्रेजी नआएर ‘डाँफेज’ र ‘गैंडाज’ भन्नुभएको होइन : महासचिव पोखरेल
विदेश गएका नेताका छोराछोरीलाई पार्टी काममा जोड्न एमाले महासचिव पोखरेलको निर्देशन
बालेनको विषय प्रधानमन्त्रीसँग जोड्न जरुरी छैन : महासचिव पोखरेल
मदन भण्डारीको विचारलाई जनजनमा लैजानुपर्छ : महासचिव पोखरेल