सुदूरपश्चिम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले देशको अवस्था थप बिग्रिन नदिन विकल्पमा जानुपर्ने बताएका छन् । पार्टीले आज धनगढीमा गरेको प्रदेशस्तरीय विरोध सभामा उनले देशले अब यही परिस्थिति थेग्न नसक्ने भन्दै नयाँ समझदारी गर्न आवश्यक रहेको धारणा राखेका हुन् ।
नेता मोटाउँदै जाने र जनता दुब्लाउँदै जाने अहिलेको अवस्थाले देश निरन्तर ओरालो लागेको अध्यक्ष लिङ्देनको जिकिर थियो । “यस्तो अवस्थामा अब अभिभावकीय संस्थाका रूपमा राजा, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद् र सांसद मन्त्री हुन नपाउने व्यवस्था गर्न आवश्यक छ । यसले देशका समस्या समाधान गर्छ”, उनले दाबी गरे ।
राप्रपा निर्देशन समितिका अध्यक्ष एवं पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनीले राजनीतिक, शासकीय, आर्थिक र परराष्ट्रका दृष्टिमा देश समस्यामा रहेको रहेको बताए । उनले सबै राजनीतिक शक्तिबीच निषेध नभई एकता गरेर समस्या समाधान खोजिनुपर्ने बताए ।
पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले मुलुकलाई सही बाटोमा लैजान शासन व्यवस्थामा सुधार हुन जरुरी रहेको बताए । सभामा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे, दीपकबहादुर सिंह, कुन्तीकुमारी शाही, जयन्त चन्द, धर्मराज जोशीलगायतले सम्बोधन गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ फागुन २०८१, १० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलमानका विषयमा ऊर्जामन्त्रीले सदनमा झुट बोले : राजेन्द्र लिङ्देन
म गणतन्त्रको विरोध गरिरहन्छु : राजेन्द्र लिङ्देन
प्रधानमन्त्री वरिपरिकाले भ्रष्टाचार गरिरहेका छन् : राजेन्द्र लिङ्देन
राजेन्द्रविरुद्ध खनिइन् रेखा थापा
राजेन्द्र लिङ्देनद्वारा भावी कार्यदिशासहितको राजनीतिक प्रतिवेदन पेस
ठूला दलहरूले मधेशलाई भोट बटुल्ने माध्यम मात्रै बनाए : राजेन्द्र लिङ्देन