जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्तरीको बर्दिवासमा अनधिकृत रूपमा सञ्चालनमा रहेका पाँचवटा अस्पताल बन्द गर्न निर्देशन दिएका छन्। शुक्रबार मुख्यमन्त्री सिंहले बर्दिवासका आठ अस्पतालको अनुगमन गरेका थिए।
अनुगमनका क्रममा सेवा सञ्चालन अनुमति नलिएका पिनाकल हस्पिटल, सुरक्षा अर्थोपेडिक एन्ड डेन्टल क्लिनिक प्रालि, ऊँ समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर र खोमुसरा डेन्टल क्लिनिक प्रालिलाई तत्काल बन्द गर्न निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री सिंहले ती अस्पतालका सञ्चालक तथा उपलब्ध कर्मचारीलाई कानुनी प्रक्रिया पूरा गरी अनुमति लिएपछि मात्र पुनः सञ्चालन गर्न निर्देशन दिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिए ।
अनुगमनका क्रममा महेन्द्र डेन्टल क्लिनिक प्रालिले आवश्यक स्वीकृति लिएको पाइएको छ भने जनसेवा हस्पिटल प्रालि र डी.एन.बी. मेडिकेयर सेन्टर प्रालिलाई सेवा अनुमतिपत्र नवीकरण गर्न निर्देशन दिइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ फागुन २०८१, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनविरोधी हर्कत नगर्न कोशीका मुख्यमन्त्री कार्कीको चेतावनी
मुख्यमन्त्रीद्वारा मिर्चैयाका अस्पताल अनुगमन: दुई जना पक्राउ
सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्चमा रिट
सर्लाहीका १९ अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
सुदूरपश्चिममा मुख्यमन्त्रीले बोलाएको बैठक निष्कर्षविहीन
त्रिवेणी-दुम्किबास सडक खोल्न प्रदेशले पहल गरिरहेको : मुख्यमन्त्री पाण्डे