काठमाडौँ । महाशिवरात्रिका अवसरमा आएका साधु सन्तहरूलाई पशुपति क्षेत्र विकास कोषले आज बिदाइ गरेको छ । भारतलगायत विभिन्न देशबाट आएका तीन हजार जनाभन्दा धेरै साधु सन्तलाई कोषले आज एक कार्यक्रमका बीच बाटो खर्चसहित बिदाइ गरेको हो ।
बिदाइका क्रममा कोषले साधु सन्तलाई खर्चसहित रुद्राक्षको माला पनि लगाइदिएको छ । कोषले साधु सन्तहरूलाई श्रेणीमा छुट्याएको विभिन्न रंगको कार्ड दिएको थियो । महाशिवरात्रि मेलामा आएका साधु सन्तहरूलाई पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले बिदाइ गर्ने परम्परा छ । कोषले साधु सन्तहरूलाई आज दिउँसोसम्मको खाना र आवासको व्यवस्था गरेको थियो ।
यस वर्षको महाशिवरात्रि अस्ति बुधवार परेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ फागुन २०८१, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिबाट टुँडिखेलमा महाशिवरात्रि बढाइँ अवलोकन
आज महाशिवरात्रि, बिहान २ बजे नै खोलिए पशुपतिनाथका ४ ढोका
महाशिवरात्रि पर्व : यस कारण मनाइन्छ
महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा
महाशिवरात्रिमा पशुपतिनाथ आउने भक्तजनलाई धेरै सुविधा दिने छाैं: मन्त्री पाण्डे