काठमाडौं । आराध्यदेव भगवान् श्रीपशुपतिनाथप्रतिको यो एक किसिमले आराधना र सम्मान पनि हो भन्दा अत्युक्ति हुँदैन । महाशिवरात्रि पर्व भगवान् शिवको आराधनाको प्रमुख दिन हो ।
भनिन्छ, समुद्र मन्थनबाट निस्किएको विष पिएर भगवान् शिवले यो सृष्टिलाई ठूलो संकटबाट बचाएका थिए । यही सम्झनामा महाशिवरात्री मनाइन्छ । सागर मंथनबाट निस्केको विषलाई पिएर भगवान् शिवको गला निलो भएको थियो । जसका कारण भगवान् शिवलाई निलकन्ठ पनि भनिन्छ ।
शास्त्रअनुसार पार्वती र शिवको विवाह फागुन मास कृष्ण पक्षको चतुर्दशी तिथिमा भएको थियो । भनिन्छ, यो दिन भगवान् शिवको पूजा आराधना गर्नाले भगवान् शिव छिट्टै प्रसन्न हुन्छन् । महाशिवरात्रीको व्रत बस्नाले यदि कसैको विवाहमा बाधा–अड्चन आएको छ भने समस्त बाधा अड्चनहरू कम हुन्छ र छिट्टै विवाह हुन्छ भन्ने एउटा मान्यता रहेको छ ।
त्यसतै, पौराणिक मान्यता अनुसार महाशिवरात्रीको दिन भगवान् शिवले आफ्नो शिव लिङ्ग सवरुपमा प्रकट भएका थिए । त्यो समयमा सबैभन्दा पहिले उनको यो स्वरूपको विधिपूर्वक पूजा–अर्चना गर्ने बम्हा र विष्णु थिए । यही कारणले महाशिवरात्रीको दिन विशेष प्रकारले शिव लिङ्गको पूजा आराधना गर्ने विधान रहेको छ ।
शिवरात्रिमा पशुपतिनाथकै दर्शन किन ?
महाशिवरात्रिमा देशभरका शिवालयमा दर्शनार्थीको ठूलो घुइँचो लाग्छ । तर विशेषरुपमा काठमाडौंको पशुपतिनाथमा धेरै दर्शनार्थी देश विदेशबाट आउँछन् ।
पशुपति नाथकै दर्शन किन गर्ने त ? ‘४ धाम घुमिसकेपछि पशुपतिको दर्शन गरेर मात्र तीर्थयात्रा पूरा हुन्छ । त्यसैले पनि पशुपतिकै दर्शन गर्न देशका विभिन्न स्थान र विदेशबाट पनि दर्शनार्थी आउने उल्लेख गरिन्छ । पशुपतिनाथको दर्शनले पशुत्वभाव नष्ट हुन्छ भन्ने मान्यता छ । पशु भाव हटेर चेतनाको जागृत हुने भएकाले पशुपतिनाथको दर्शन गरिन्छ।
फाल्गुण कृष्ण चतुर्दशीमा पर्ने महाशिवरात्री त भगवान् पशुपतिनाथकै प्रिय दिन, व्रतहरूको राजा नै भएको चाड भएकाले पनि सबै हिन्दुले महत्त्वपूर्ण दिनका रूपमा लिन्छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ फागुन २०८१, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिबाट टुँडिखेलमा महाशिवरात्रि बढाइँ अवलोकन
आज महाशिवरात्रि, बिहान २ बजे नै खोलिए पशुपतिनाथका ४ ढोका
महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा
महाशिवरात्रिमा पशुपतिनाथ आउने भक्तजनलाई धेरै सुविधा दिने छाैं: मन्त्री पाण्डे
आज महाशिवरात्रि, देशभर सार्वजनिक बिदा
महाशिवरात्रिमा २० लाख जना पशुपति आउने अनुमान