काठमाडौं । शुक्रबार बिहान मध्यरातमा गएको भूकम्पले सिन्धुपाल्चोकमा सामान्य क्षति भएको छ। प्रमुख जिल्ला अधिकारी किरण थापाले विज्ञप्ति सार्वजनिक गर्दै अहिले अवस्था सामान्य भएको जानकारी दिएका छन्।
शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २ स्थित भैरवकुण्ड आसपास केन्द्र भएर गएको ६.१ म्याग्निच्यूडको भूकम्प गएको हो।
भूकम्प जाँदा घाइते भएका एक कैद सामान्य उपचारपछि चौतारा अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। भूकम्पपछि भोटेकोशी गाउँपालिका ३ को तुसारेमा सुख्खा पहिरो गएको छ। मानव बस्ती नभएकाले उक्त क्षेत्रबाट मानवीय र भौतिक क्षतिको विवरण नआएको विज्ञप्तिमा उल्लेख छ।
भोटेकोशी गाउँपालिकाको कोदारीमा रहेको एक तले जस्ताको छानो भएको प्रहरीको ब्यारेक भवनमा सामान्य क्षति पुग्नुबाहेक अन्य कुनै दुर्घटना नभएको विज्ञप्तिमा प्रष्ट पारिएको छ।
जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्री प्रहरीका सुरक्षा टोली परिचालन गरिएको र क्षतिको अनुगमन कार्य भइरहेको प्रजिअ थापाको भनाइ छ।
भूकम्पपछि विभिन्न स्थानमा सुख्खा पहिरो, सडकमाथिबाट ढुंगा खस्ने जस्तो जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन र कुनै गम्भीर घटना भएको भए सुरक्षा युनिटलाई जानकारी गराउन अनुरोधसमेत विज्ञप्तिमार्फत् गरेको छ।
सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार भूकम्पले हल्लाएपछि अत्तालिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका भोटेकोशी गाउँपालिका-५ का अन्दाजी ३३ वर्षीय स्याङबो तामाङ घाइते भएका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ फागुन २०८१, १० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूकम्पपछि भाग्दा एक बन्दी घाइतेः कोदारीको ब्यारेक भवनमा क्षति
अपडेट : सिन्धुपाल्चोक केन्द्र भएर ६.१ म्याग्निच्यूडको भूकम्प
काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का
असममा ५.० रेक्टर स्केलको भूकम्प
इन्डोनेसियामा शक्तिशाली भूकम्प
म्याग्दी केन्द्रबिन्दु भएर भूकम्प