काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली नेपालको विशिष्ट राजनीतिज्ञ भएको बताएकी छन् । ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकको सामाजिक आर्थिक समृद्धि अभियानको कुशल नेतृत्वकर्ता भएको बताइन् ।
उनले भने, ‘म राष्ट्रपति हुँदा उहाँ प्रधानमन्त्री हुनुभएको थियो । त्यसबखत उहाँले मुलुकको कार्यकारी प्रमुखको भूमिका निर्वाह गर्नुभएको समन्वयात्मक भूमिका, राजनीतिक स्थिरताको लगि खेल्नुभएको भूमिकालगायतमा देखिएको उहाँको हुटहुटी मैले नजिकबाट नियालेको छु ।’
अतुलनीय सक्रियता, अदम्य इच्छाशक्ति र शिर्जनशील क्षमताका धनी रहेको भन्दै प्रधानमन्त्री ओली अब्बल राजनेता भएको बताइन् । उनले आफूलाई आस्था अडान र निष्ठाको प्रतिमूर्तिको रुपमा उभ्याउन सफल रहेको सुनाइन् । उनले ओली एक कुशल रणनीतिकार समेत भएको बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ फागुन २०८१, १५ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिमा सक्रियता बढाउँदै पूर्वराष्ट्रपति भण्डारी, छेक्ने दाउमा ओली
प्रकृति दोहनका कारण मानव जीवन नै संकटमा पर्न थाल्यो : पूर्वराष्ट्रपति यादव
सहिदहरूको बलिदानको कदर गर्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान
अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधन
कम्युनिष्ट आन्दोलनमा भएका विभाजनबारे गम्भीर समीक्षा गर्नुपर्छ : विद्यादेवी भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान