काठमाडौं । शुक्रबार बिहान मध्यरातमा गएको भूकम्पले सिन्धुपाल्चोकमा केही क्षति भएको विवरण आउन थालेको छ । सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार केही घरमा सामान्य क्षति भएको छ भने एक जना बन्दी घाइते भएका छन् ।
भूकम्पले हल्लाएपछि अत्तालिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका भोटेकोशी गाउँपालिका–५ का अन्दाजी ३३ वर्षीय स्याङबो तामाङ घाइते भएका हुन् । सहायक प्रजिअ नेपालीका अनुसार तामाङको अहिले चौतारा अस्पतालमा उपचार भइराखेको छ । घाइते तामाङको स्वास्थ्य अवस्था सामान्य छ ।
त्यसैगरी भूकम्पले इलाका प्रहरी कार्यालय कोदारीको ब्यारेक भवनमा क्षति गरेको छ । सहायक प्रजिअ नेपालीका अनुसार ब्यारेक भवन चर्किएको हो । अन्य क्षतिको विवरण आउनेक्रममा रहेको उनको भनाइ छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दका अनुसार शुक्रबार बिहानका राति २ः५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्र भएर ६.१ म्याग्निच्यूडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार यो भूकम्पको धक्का देशभर महसुस भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ फागुन २०८१, ०७ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विनाशकारी भूकम्पको संघारमा भारत
चीनमा भूकम्प, काठमाडौँसम्म धक्का महसुस
जाजरकोट भूकम्पमा परी आठ जना घाइते
जाजरकोटमा लगातार दुई पटक भूकम्पको धक्का
म्यान्मारमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या तीन हजारभन्दा बढी पुग्यो
जापानमा शक्तिशाली भूकम्प