काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई पदबाट हटाउने सम्बन्धमा लगाएका आरोपलाई अस्वीकार गर्दै ऊर्जा मन्त्रालयमा स्पष्टीकरण पेश गरेका छन् ।
उनले ऊर्जा मन्त्रालयलाई पठाएको स्पष्टीकरणमा आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै उक्त मन्त्रालयको कदमलाई कानूनी र न्यायिक सिद्धान्तको विपरीत भनेका छन् ।उनले आफ्नो नियुक्ति मन्त्रिपरिषद्ले गरेको र मन्त्रालयसँग आफूलाई पदमुक्त गर्ने अधिकार नरहेको बताएका छन् ।
'म मन्त्रिपरिषद् बैठकबाट नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा १७ (१) बमोजिम ४ वर्षको लागि नियुक्त भएको हुँ र मलाई सेवाबाट हटाउने अधिकार नेपाल सरकारको कार्य सञ्चालन नियमावली र सम्बन्धित विनियमावली अनुसार छैन ।
यसअघि आफूलाई सोधिएको स्पष्टीकरण वस्तुनिष्ठ र सन्तोषजनक नभएको भन्दै उनले आफूमाथि कारबाहीका लागि कुनै स्पष्ट आधार प्रस्तुत नगरिएको बताएका छन् । उनले उक्त स्पष्टीकरणलाई मनगढन्ते र आधारहीन भएको भन्दै कारवाहीको प्रक्रिया बन्द गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ फागुन २०८१, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माइतीघरमा कुलमानको समर्थनमा आज पनि प्रदर्शन
कुलमानको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
कुलमान घिसिङको रिटमाथि सुनुवाइ सुरु
घिसिङ र शाक्यको पेसी न्यायाधीश मुसलमानको इजलासमा
कुलमानको रिट सुनुवाइका लागि आज पेसी
३० वर्ष देशका लागि योगदान गर्दा दण्डित भएँँ, सरकारलाई धन्यवाद ! :कुलमान घिसिङ