मे महिनामा मोदी रुस भ्रमणमा जान सक्ने

सफल खबर संवाददाता

बुधबार, १४ फागुन २०८१, १२ : ३२
मे महिनामा मोदी रुस भ्रमणमा जान सक्ने

नयाँ दिल्ली ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मे महिनामा फेरि रूस भ्रमणमा जान सक्ने बताइएको छ । रुसी सञ्चार माध्यमले एक समाचारमा यस्तो बताएकाे हाे ।

समाचारका अनुसार मोदी मस्कोको रेड स्क्वायरमा आयोजना हुन लागेको ८० औं ग्रेट प्याट्रियोटिक वार परेडमा अतिथिको रूपमा सहभागी हुन सक्नेछन् ।

यस परेडमा भारतीय सेनाको एक टुकडीले पनि भाग लिन सक्ने बताइएको छ । खबरका अनुसार भारतीय सेनाको टोली परेडको पूर्व अभ्यास गर्न परेडको एक महिना अगाडि रूस जान सक्ने बताइएको छ ।