ब्रिक्स शिखर सम्मेलनमा भाग लिन रुस पुगे मोदी

सफल खबर संवाददाता

मंगलबार, ०६ कार्तिक २०८१, १५ : ०६
ब्रिक्स शिखर सम्मेलनमा भाग लिन रुस पुगे मोदी

काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ब्रिक्स शिखर सम्मेलनमा भाग लिन रुस पुगेका छन् । यसको जानकारी स्वयं मोदीले नै सामाजिक सञ्जालमार्फत दिएका हुन् ।

रुसको कजान शहर पुगेर उनले ‘बेटर प्यानेट’ निर्माणका लागि यो सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरेका छन् । मोदी पछिल्लो ४ महिनामा दोस्रो पटक रुस पुगेका हुन्।

ब्रिक्स संगठनमा भारत र रुससँगै चीन, ब्राजिल र दक्षिण अफ्रिका आवद्ध छन् ।  

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस