काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोन वार्ता गरेका छन् । सोमबार दुई नेताबीच फोनमा कुराकानी भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
कुराकानीपछि ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको दुई नेताहरूले अमेरिका र भारतबीचको सहयोगलाई सुदृढ पार्ने र बढाउनेबारे छलफल गरेको उल्लेख छ।
दुवैले इन्डो-प्यासिफिक, मध्य पूर्व र युरोपको पछिल्लो अवस्थाबारे छलफल गरेको बीबीसी हिन्दीले जनाएको छ । पारस्परिक हितका व्यावसायिक मुद्दामा पनि छलफल भएको समाचारमा उल्लेख छ । यसअघि प्रधानमन्त्री मोदीले ट्रम्पसँग फोनमा कुराकानी भएको बताएका थिए ।
यसअघि ट्रम्पको शपथ ग्रहणको एक दिनपछि भारतका विदेशमन्त्री एस जयशंकरले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग कुरा गरेका थिए । मार्को रुबियोले अमेरिका आर्थिक मोर्चामा भारतसँग काम गर्न इच्छुक रहेको बताएका थिए।
शुक्रबार भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भारतले अमेरिकासँग राम्रो र बलियो सम्बन्ध स्थापित गर्न प्रयास गर्ने बताएका थिए । अमेरिकी राष्ट्रपतिले मोदी फेब्रुअरीमा अमेरिकाको भ्रमण गर्ने अपेक्षा गरिएको बताएका छन् । यद्यपि भारतको विदेश मन्त्रालयले अहिलेसम्म यसको पुष्टि गरेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ माघ २०८१, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फेडका हाकिमलाई निकाल्ने कुनै आशय छैनः ट्रम्प
ट्रम्प प्रशासनको सरकारी कार्यदक्षता विभाग छोड्ने मस्कको संकेत
ट्रम्पले रोके हार्वर्ड विश्वविद्यालयको २ अर्ब डलर रकम
पानी विवादमा मेक्सिकोलाई भन्सार कर लगाउने ट्रम्पको धम्की
ट्रम्पको नयाँ ट्यारिफ नीतिपछि विश्व शेयर बजारमा २०२० यताकै ठूलो गिरावट
२४ घण्टामै युक्रेन युद्ध सल्टाउँछु भनेर ठट्टामा भनेको थिएँ : ट्रम्प