काठमाडौं। नयाँ दिल्ली–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङले बुधवार भेटवार्ता हुँदैछ । दुई छिमेकी देशका नेताबीच पाँच वर्षमा पहिलो पटक द्विपक्षीय बैठक हुन लागेको भारतीय अधिकारीहरूले बताएका छन् ।
रुसी शहर कजानमा राष्ट्रपति भ्लादिमिर पुटिनले आयोजना गरेको तीन दिने ब्रिक्स बैठकको ‘साइडलाइनमा दुई देशबीच बैठक हुनेछ ।‘ब्रिक्स शिखर सम्मेलनको साइडलाइनमा प्रधानमन्त्री मोदी र राष्ट्रपति सी जिङपिङबीच द्विपक्षीय बैठक हुनेछ,’ भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारी विक्रम मिस्रीले मङ्गलवार बताए ।
सन् २०१९ को अक्टोबरमा सीले भारतीय शहर महाबलीपुरम भ्रमण गर्दा विश्वका दुई सबैभन्दा बढी जनसङ्ख्या भएका देशका नेताबीच अन्तिम पटक आमनेसामने औपचारिक वार्ता भएको थियो ।
वार्ताको केही महिनापछि सन् २०२० मा हिमालय क्षेत्र लद्दाखको विवादित सीमामा दुई देशबीच भएको झडपपछि उनीहरूको सम्बन्ध बिग्रिएको थियो, जसमा कम्तीमा २० भारतीय र चार चिनियाँ सैनिक मारिएका थिए ।
चीन र भारतले एकअर्कालाई ’लाइन अफ एक्चुयल कन्ट्रोल’ भनेर चिनिने आफ्नो अनौपचारिक विभाजनको क्षेत्र कब्जा गर्ने प्रयास गरेको आरोप लगाउँदै आएको छ । मोदी र सीले सन् २०२२ मा इन्डोनेसियाको बालीमा जी–२० नेताहरूको बैठक र सन् २०२३ मा दक्षिण अफ्रिकाको जोहानेसबर्गमा छोटो भेटवार्ता गरेका थिए ।
तथापि, भारतले आफ्नो लद्दाख सीमामा द्वन्द्वपूर्वको यथास्थिति पुनर्स्थापित नगरेसम्म सम्बन्ध सामान्य हुन नसक्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ कार्तिक २०८१, १३ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ब्रिक्स शिखर सम्मेलनमा भाग लिन रुस पुगे मोदी
मोदी र ट्रम्पबिच अर्को हप्ता भेटघाट हुने
मोदीले उद्घाटन गरेको शिवाजी महाराजको मूर्ति ८ महिनामै ढल्यो
युक्रेनको राजधानी कीभ पुगे मोदी
भारतीय प्रधानमन्त्री मोदी बुधवार पोल्यान्ड प्रस्थान, त्यसपछि युक्रेन जाने
मोदी र मलेसियाली समकक्षीबीच भेटवार्ताः साझेदारीलाई अझ बढाउन छलफल