सबै प्रकारका सवारी दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न माग

सफल खबर संवाददाता

मंगलबार, १३ फागुन २०८१, १३ : ३८
सबै प्रकारका सवारी दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न माग

 काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सबै प्रकारका सवारी दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न माग गरेका छन् ।

‘धुलिखेलमा भएको बस दुर्घटना र देशैभरी हुने यस प्रकारको सवारी दुर्घटनामा घाइते भएकाहरूको सम्पूर्ण उपचार सरकारले निसर्त निःशुल्क गर्ने प्रवन्ध गर्न पनि आग्रह गर्न चाहन्छु’, मंगलबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर उनले भने ।

मंगलबार बिहान धुलिखेलमा यात्रुवाहक सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । यो विषय संसदमा अन्य सांसदहरूले पनि उठाएका छन् । नेपालमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणको उपाय खोज्न सरकारलाई आग्रह गरेका छन्